काठमाडौं । नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका ९ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै हाजिर हुन नआएका ९ जना प्रहरी कर्मचारीलाई हाजिर हुन आग्रह गरेको हो ।
कात्तिकदेखि बिना जानकारी हाजिर नभएका एकजना सहायक प्रहरी हबल्दारसहित ९ प्रहरी कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरिएको छ ।
आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
हेर्नुहोस् सूचना :