युक्रेनलाई हातहतियार दिने प्रतिबद्धतासहित किभबाट फर्किए बाइडेन

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : ३३


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा हतियार आपूर्ति बढाउने वाचा गरेका छन् । सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी राष्ट्रपति बाइडेनले सो प्रतिबद्धता जनाएका हुन् ।

ह्वाइट हाउस पुलले जनाएअनुसार उनले सो प्रतिबद्धता जनाएर किभबाट फिर्ता फर्किएका छन् । राष्ट्रपति बाइडेनको किभ भ्रमण एक्कासि आयोजना भएकाले यसले राजनीतिक तरंग थपेको छ ।

आगामी फेब्रुअरी २४ मा युक्रेन-रुस युद्धको एक वर्ष पूरा हुँदैछ । तर पनि शान्ति स्थापनाको कुनै छाँटकाँट देखिँदैन । युद्ध सुरु भएयता दुवैतर्फ मानवीय तथा भौतिक क्षति भएको छ । क्षतिको स्वतन्त्र पुष्टि भने भएको छैन ।

गत सेप्टेम्बरमा रुसी रक्षामन्त्री सेर्गेई सोइगुले करिब ६ हजार रुसी सैनिकको मृत्यु भएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्