युक्रेनको राजधानी किएभ पुगे अमेरिकी राष्ट्रपति बाइडेन

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ५ : २७


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन अचानक युक्रेनको राजधानी किएभ पुगेका छन्।

रुसले युक्रेनमाथि आक्रमण गरेको लगभग एक वर्ष हुन लाग्दा राष्ट्रपति बाइडन सोमवार युक्रेनको राजधानी किएभ पुगेका हुन् ।

गत वर्ष फेब्रुअरी २६ मा रूसले युक्रेनमाथि तीन तिरबाट हमला गरेको थियो। एक वर्षदेखि जारी रहेको युद्धमा अहिलेसम्म दुबैतर्फका हजारौं सैनिकले ज्यान गुमाएका छन्।

अमेरिका, बेलायतलगायत पश्चिमा र नेटो राष्ट्रहरूले यो युद्धमा युक्रेनलाई सैन्य तालिम र सामग्री दिएर सहयोग गरिरहेका छन्।

केही समयअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गरेका थिए। बाइडेनको युक्रेन भ्रमणबारे विस्तृतमा केही खुलाइएको छैन।


प्रतिक्रिया दिनुहोस्