विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : ४१


एजेन्सी । दिल्लीमा भएको भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्टमा विराट कोहलीले कीर्तिमान तोडेका छन् ।

सर्वकालीन महान ब्याट्स्म्यान सचिन तेन्दुल्करले कम इनिङमा बनाएको २५ हजार अन्तर्राष्ट्रिय रनको कीर्तिमानलाई कोहलीले तोडेका हुन् ।

अझ कोहलीले सचिनको भन्दा कम इनिङ खेलेर यो कीर्तिमान बनाएका हुन् ।

कोहलीले ५४९ इनिङमै यो सफलता पाएका हुन् भने सचिनलाई यसका लागि ५७७ इनिङ लागेको थियो ।


प्रतिक्रिया दिनुहोस्