१५ % महँगो भएपनि सार्वजनिक निकायले अनिवार्य रूपमा नेपाली उत्पादन प्रयोग गर्नुपर्ने

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : ४३


काठमाडौं । मन्त्रालय मातहतका निकाय तथा आयोगहरूले आयोजना गर्ने अतिथि सत्कार एवम् चिया खाजामा अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्नु पर्ने भएको छ ।

उद्योग मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकार मातहतका निकाय तथा अन्य आयोगलाई अतिथि सत्कार एवम् चिया खाजामा नेपाली उत्पादन प्रयोग गर्न भनेको छ ।

सार्वजनिक निकायले आफ्नो उपयोगको लागि स्टेसनरी, फर्निचर–फिक्चर्स, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म १५ प्रतिशत महँगो भए पनि नेपाली उत्पादन नै खरिद गर्नुपर्ने र उपलब्ध नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुस २५ गते स्वेदशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्न सरकारका मुख्य सचिव र सचिवहरुलाई निर्देशन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्