सिड्नी । अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ ।
अष्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा शनिबार गरेको अधिकारीहरुले जनाएका छन् ।
चीनमा पहिलोपटक देखिएको नोवेल कोरोना भाइरस अहिले विभिन्न फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियाले यस्तो निर्णय लिएको हो ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भन्नुभयो, “अष्ट्रेलियाका नागरिक, अष्ट्रेलियाका बासिन्दा, उनीहरुमा आश्रित, कानूनी संरक्षक तथा अविभावकलाई मात्रै चीनबाट अष्ट्रेलिया आउन अनुमति दिइनेछ।” यो व्यवस्था शनिबारदेखि नै लागू भइसकेको उहाँले जानकारी दिनुभयो ।
उहाँले नाकाहरुमा यसका लागि सम्पूर्ण व्यवस्था गरिसकिएको र सरकारी अधिकारीहरु तथा प्राविधिक र विज्ञहरु पनि खटाइसकिएको बताउनुभयो ।
अष्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई चीनको भ्रमणमा नजानसमेत सूचना जारी गरेको छ ।