काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले शानदार जित निकालेको छ ।
यसअधि नामिवियालाई १० विकेटले पराजित गरेको नेपालले दुई ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट पारी खेलेपछि नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको हो ।
आठौँ विकेटका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले ५५ रनको साझेदारी गर्दै नेपाललाई जिताएका थिए। दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् ।
दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो ।नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो । नेपालले स्कटल्याण्डलाई १८ बल बाँकी हुँदै ७ विकेट गुमाएर जित निकालेको हो।
ओपनर कुशल भुर्तेल १६ रनमा पवेलियन फर्के। ८ बलको सामना गरेका कुशलले ४ चौका हाने। गुलशन झा १८ रनमा आउट भए। आशिफ शेख ९, कप्तान रोहित पौडेल ६, सन्दीप जोरा ५ र ज्ञानेन्द्र मल्ल ४ रनमा पवेलियन फर्के। स्कटल्यान्डका क्रिस सोले र मार्क वाटले समान ३ विकेट लिए। माइकल लिस्कले एक विकेट झारे।