भोज र रेस्टुरेन्टमा गुणस्तरहीन बियर, साढे २२ लाख मूल्यको बियर बरामद

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ५०


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका बियर बिक्री गर्ने दुई गोदाममा छापा मारेको छ ।

बुधबार विभागको टोलीले काठमाडौंको सिनामंगलमा रहेको सीके ट्रेडिङमा छापा मारेको हो । जसबाट उपभोग्य मिति सकिएको साढे २२ लाख रूपैयाँ बराबरको विभिन्न ब्रान्डका बियर बरामद भएको विभागले जनाएको छ ।

विभागका अनुसार यस्तो बियर भोजभत्तेर तथा रात्रिकालीन रेष्टुरेन्ट व्यवसायमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विभागले मंगलबार पनि उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङबाट बरामद गरेको थियो । थप आवश्यक अनुसन्धान भइरहेको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्