आज इतिहास बन्यो, जितपछि खेलाडीको मनोबल बढ्यो : कप्तान पौडेल

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : ०६


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ऐतिहासिक जित निकाल्दा आफ्नो टोली निकै उत्साहित भएको टिप्पणी गरेका छन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा मङ्गलवार भएको आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा दुई विकेटको जितपछि बोल्दै कप्तान रोहितले जितबाट टोलीको हौसला बढेको बताएका हुन् ।

यो जितपछि खेलमा लय मिलेको र आउँदा दिनमा यस लयलाई निरन्तरता दिनुपर्ने उनले बताए । डगआउटमा प्रशिक्षकले दिएको हौसलाबाट ठूलो लक्ष्य पनि सजिलै भेटेको कप्तान रोहितको भनाइ छ ।

नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिदेशीय शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपालका लागि कुशल भुर्तेलले शतक बनाए । शतक बनाउँदा आफू खुसी रहेको उनले प्रतिक्रिया दिए ।


प्रतिक्रिया दिनुहोस्