गुण्डागर्दी गरेको भन्दै यातायात मजदुरले गरे लोत्से मलमा तोडफोड

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : ४२


काठमाडौं । आन्दोलनरत यातायात मजदुरले बालाजुमा रहेको लोत्से मलमा पनि तोडफोड गरेका छन् ।

नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर र लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि यातायात मजदुरहरूले माछापोखरी क्षेत्रमा आन्दोलन गरिरहेका छन् ।

सोही आन्दोलन उग्र बन्दा लोत्से मलमा पनि सोमबार साँझ तोडफोड गरिएको हो । नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको मजदुरहरूको आरोप छ ।

उनीहरूले त्यसअघि प्रहरीमाथि ढुंगामुढा गरेका थिए। यस्तै प्रहरीका दुई वटा भ्यान, अस्थायी ट्राफिक पोष्ट पनि तोडफोड गरेका छन् । सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने समेत घोषणा गरेका छन्।


प्रतिक्रिया दिनुहोस्