एजेन्सी । टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २३ हजार नाघेको छ ।
गएको सोमवारको भूकम्पमा परि अहिलेसम्म २३ हजार ७ सय जनाको ज्यान गएको पुष्टि भएको हो । पाँच दिनअघि गएको भूकम्पपछि राहत र उद्धार कार्य जारी छ ।
विश्वभरका राहत एजेन्सीहरू दुवै देशमा राहत कार्यमा संलग्न छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । यद्यपि मृतकको सङ्ख्या लगातार बढिरहेको छ ।
यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगान र सिरियाली राष्ट्रपति बसर अल असदले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।