पूजा शर्मा भन्छिन् – पल शाह मेरा लागि शाहरुख खान, पलको अभावले चलचित्र क्षेत्र नै खल्लो

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ९ : ०३


काठमाडौं । अभिनेता पल शाह आफ्ना लागि बलिउड अभिनेता शाहरुख खानजस्तै भएको नायिक पूजा शर्माले बताएकी छन् ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको विशेष शोका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले यस्तो बताएकी हुन् ।

उनले पललाई देख्दा शाहरुख नै देखेको जस्तो लाग्ने बताइन् । उनले अभिनेता शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताइन् ।

पल शाहलाई सबैसँग मिल्ने ‘आलु’ को रूपमा चित्रित गर्दै पल सहज र सरल व्यक्ति भएको उनले बताइन्। पल शाहमा कलाकारमा हुनुपर्ने सबै गुण भएका व्यक्ति रहेको उनको भनाइ थियो।

शाह नहुँदा आफूलाई चलचित्रमा अभिनय गर्न पनि नरमाइलो लागेको उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस्