एजेन्सी । अमेरिकाले चिनियाँ जासुसी बेलुनको महत्वपूर्ण सूचनाहरू संकलन गरेको दावी गरेको छ ।
अमेरिकाले एउटा संदिग्ध भनिएको सोही बेलुन चीनले अनावश्यक जासुसीका लागि पठाएको भन्दै खसालेको थियो ।
सोही बेलुनमार्फत विभिन्न महत्वपूर्ण सूचनाहरु संकलन गरेको अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले दावी गरेका छन् ।
अमेरिकी सांसदहरुले उक्त बेलुनमार्फत आफ्नो मुलुकमाथि गैरकानूनी रुपमा जासुसी गरेको भन्दै चीनको आलोचना गरेका छन् ।
सांसदहरुले बेलुन प्रकरणसँगै चीनसँगको कुटनीतिक सम्बन्धमा आँच आउन सक्ने चेतावनी पनि दिएका छन् ।