निर्मला हत्या प्रकरण : आशंका गरिएका तीन जनाको डीएनए रिपोर्ट यस्तो आयो

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ११ : १७


काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित उल्टाखामकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न आशङ्कामा सङ्कलन गरिएका तीन जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मलाको हत्यामा संलग्न आशङ्कामा केन्द्रीय अनुसन्धान ब्युरोले पाँच जनाको रगतको नमुना सङ्कलन गरेको थियो ।

सङ्कलित नमुना परीक्षण गर्दा तीन जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले बतायो ।

डीआईजी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले दुईजना भारतीय नागरिकसहित पाँच जनाको रगतको स्याम्पल सङ्कलन गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो ।


प्रतिक्रिया दिनुहोस्