प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : १५


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बुधबार बेलुका प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता खनाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । उनीहरुबीच झण्डै एक घण्टा छलफल भएको थियो ।

भेटवार्ताका क्रममा दुई नेताबीच राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे कुराकानी भएको बुझिएको छ ।

साथै प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्