गाउँपालिकाका अध्यक्षले नै कर्मचारी कुटेपछि…

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ५ : २१


धनुषा । गाउँपालिकाका अध्यक्षले त्यहाँका कर्मचारीमाथि हतपात गरेका छन्।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवले सोही गाउँपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी श्रवण कुमार यादव र सहायक आन्तरिक लेखा परीक्षक नविन कुमार साहमाथि हातपात गरेका हुन् ।

विगत एक महिनादेखि हाजिरी गर्न नदिइएको विषयलाई लिएर गाउँपालिकाको कार्यालयमा विवाद भएपछि अध्यक्ष यादवले हातपात गरेको कर्मचारीहरुको आरोप छ।

कर्मचारीद्वय साह र यादवले आफूहरुलाई विगत एक महिनादेखि गाउँपालिकाको कार्यालयमा हाजिरी गर्न नदिई अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत राम पुकार दासले मनोमानी गर्दै आइरहेको आरोप लगाएका छन्।

अधिकृत यादव सो गाउँपालिकामा विगत १ वर्षदेखि र लेखा परीक्षक साह विगत ४ महिनादेखि कार्यरत रहेका छन्।


प्रतिक्रिया दिनुहोस्