राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ४ : २०


काठमाडौं । लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्रसहितको साथ पाएका उनले ४ हजार २६ मतभार प्राप्त गरी निर्वाचित भएका हुन्।

उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरे ।

दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाए ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको थियो ।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस्