मान्यता थापाले लेखिन् – ‘डियर कमरेड’ हामीले कहिले न्याय पाउने ?

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ७ : २३


काठमाडौं । नेपालका मेडिकल कलेजहरुले चिकित्सा शिक्षा पढ्ने विद्यार्थीबाट गैर कानुनी शुल्क असुलेको विरोधमा विद्यार्थीहरूले देशभर सङ्घर्ष गरे ।

केही महिना पहिले देखि उनीहरु चिकित्सा शिक्षा संघर्ष समिति नै गठन गरेर बेथिती विरुद्ध आन्दोलन गर्दै आएका छन् ।

लामो समय आन्दोलन गर्दा समेत नसुनेपछि विद्यार्थीहरूले राजधानी केन्द्रीत आन्दोलननै गर्नुपर्यो ।

परिक्षानै बहिष्कार गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीका माग सम्बोधनमा सरकारले ध्यान नदिएको भन्दै चर्को आलोचना हुने गरेको छ ।

आलोचना बढेपछि सरकारले विद्यार्थीलाई सहभागि नगराउँदै मेडिकल कलेजका सञ्चालकलाई बोलाएर मध्यराति शुल्क फिर्ता गर्ने सहमति गरेको थियो । 

उक्त सहमति पछि विद्यार्थीको सडक आन्दोलन रोकिएको छ । 

तर, अझै पनि मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेको छैन् ।

आन्दोलनको नेतृत्वकर्ता मध्येकी एक चितवन मेडिकल कलेजकी विद्यार्थी मान्यता थापाले सरकारमाथि प्रश्न गर्दै आक्रोश पोखेकी छन् । 

साउन इन्डियन मुभि चर्चा रहेको पृष्टभूमिमा उनले सामाजिक सञ्जालमा लेखेकी छन् 'डियर कमरेड पढाई छोडेर आजीवन जिन्दाबाद र मुर्दावादको नारा लगाउनु पर्यो'


प्रतिक्रिया दिनुहोस्