६ महिनामा भित्रियो ५ खर्ब ८५ अर्ब रेमिट्यान्स

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ७ : ०३


काठमाडौं। चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्सको आप्रवाह २४.३ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमात आर्थिक तथा वित्तीय तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा रमेट्यिान्स २४.३ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा नेपालमा ५ खर्ब ८५ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ । गत वर्षको यही अवधिमा रेमिटेन्स आप्रवाह ५ प्रतिशतले घटेको थियो । यस्तै, अमेरिकी डलरमा समेत रेमिटेन्स आप्रवाह बढेको छ ।

समीक्षा अवधिमा डलरमा रेमिटेन्स आप्रवाह १३ प्रतिशतले बढेर ४ अर्ब ५० करोड डलर पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा डलरमा रेमिटेन्स आप्रवाह ५.७ प्रतिशतले खुम्चिएको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ६४.६ प्रतिशतले वृद्धि भई २,७५,६४३ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २९८.१ प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्