माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा बनाउने समझदारी

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ९ : ३७


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा बनाउने समझदारी भएको छ ।

आज साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका विप्लव र नेता खड्गबहादुर विश्वकर्माबीच यस्तो समझदारी भएको हो ।

भेटमा माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबीच गहन छलफल बताइएको छ ।

स्रोतका अनुसार उनीहरूबीच तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको छ ।


प्रतिक्रिया दिनुहोस्