टीकापुर घटनाको सर्वोच्चमा आज पेसी

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : ३०


काठमाडौं । सर्वोच्च अदालतमा आज टीकापुर घटनाको पेसी रहेको छ । यस अघि ८ पटक सम्म साधारण तारिक र ६ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज बहस हुन लागेको हो ।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र १ नाबालकको हत्या भएको थियो ।

उक्त घटनामा थारू अगुवा भनिएका रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

करिब त्यसको २ वर्षपछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । फागुन १२ गते रेशम पक्षमा कानुन व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज बहस हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्