गृह मन्त्रालयको अडानबाट पछि हट्यो रास्वपा, भौतिक मन्त्रालयको ‘अफर’

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ९ : ३५


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी गृह मन्त्रालय नै पाउनुपर्ने अडानबाट पछि हटेको छ ।

बिहीबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सत्ता गठबन्धनको सहमति अनुसार गृहमन्त्रालय आफ्नो दललाई दिनुपर्ने भन्दै २ दिने अल्टिमेटम दिएको थियो ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका नेतालाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेपछि गृह मन्त्रालयको अडानबाट पछाडि हटेको हो ।

स्रोतका अनुसार रास्वपाका सभापति रवि लामिछानेलाई नै गृहमन्त्रालय फेरि दिनुपर्नेमा लबिङ गर्दै आएको रास्वपा एकाएक यो अडानबाट पनि ब्याक भएको छ ।

यस्तै रवि लामिछानेको विषयमा प्रश्न कायमै रहेकाले वैकल्पिक मन्त्रालयमा अन्य नेतालाई पठाउन पनि प्रस्ताव गरिएको छ । सोही विषयमा निर्णय लिन रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ ।


प्रतिक्रिया दिनुहोस्