एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १२ : २०


काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा १४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले घटेर १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर तोलाको १३ सय ६५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्