सन्दीप लामिछानेको मुद्दा न्यायाधीश फुयालको बेन्चमा

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १२ : ००


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ ।

लामिछानेको मुद्दा शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । लामिछानेको मुद्दा क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधिवक्ताको कार्यालयले माघ १७ मा सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यबिधि संहिता–२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ । पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

उच्च अदालत पाटनका न्यायाधीश न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले शर्त सहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्