रास्वपा प्रवक्ता ढकाल भन्छन् – गृहको अडानबाट पछि हट्दैनौं, दुई दिनको समय कुर्छौं

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १० : २८


काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ ।

बिहीबार साँझसम्म बसेको बैठकले सरकारमा बस्ने या हट्नेबारे दुई दिनपछि मात्रै निर्णय लिने निर्णय गरेको हो ।

गृह मन्त्रालय दिन प्रधानमन्त्री तयार नभएपछि रास्वपाले सरकार छाड्ने तयारीका साथ केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठक बोलाएको थियो ।

बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेका थिए ।

उनीहरु दुवै जनाले दुई दिनको समय मागेको प्रवक्ता ढकालको भनाई छ । यस्तै प्रवक्ता ढकालले आफ्नो पार्टी गृह मन्त्रालयको अडानबाट पछि नहट्ने बताए ।


प्रतिक्रिया दिनुहोस्