द्वन्द्वकालीन हत्या प्रकरण : पुष्करलाई जन्मकैद हुने फैसला सर्वोच्चबाट सदर

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १० : ००


काठमाडौं । सर्वोच्च अदालतले ओखलढुङ्गाको तारकेराबारीका उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा थुनामा रहेका पुष्कर गौतमलाई उच्च अदालत पाटनले दिएको जन्मकैद सजाय सदर गरेको छ ।

न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले ९ माघमा उच्च अदालतको फैसला सदर गरेको हो ।

माओवादी सभासद बालकृष्ण ढुंगेल दोषी ठहर भएको उज्जन हत्याकै मुद्दामा पुष्कर सर्वोच्च अदालतबाट दोषी ठहर भएका हुन् ।

तत्कालिन मुलुकी ऐन अनुसार जन्मकैद भएमा २० वर्ष कैद बस्नुपर्छ । २०५५ मा भएको हत्याकाण्डमा नौ जना मुछिएका थिए।

तत्कालीन समयमा माओवादीका जिल्ला सदस्य भनिएका गौतमले टर्च देखाउने र बालकृष्ण ढुंगेलले गोली हानेको अभियोग थियो।


प्रतिक्रिया दिनुहोस्