काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको चार घण्टा बसेको संयुक्त बैठकले दुई दिन पर्खिने निर्णय गरेको हो ।
यस्तै सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
बैठक बस्नुअघि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सभापति रवि लामिछानेलाई फोन गरेका थिए । उनीहरु दुवै जनाले दुई दिनको समय मागेको प्रवक्ता ढकालको भनाई छ ।
बैठकमा अहिलेसम्म बोलेका अधिकांश केन्द्रीय सदस्य र सांसदहरूले हतारिएर सरकारबाट बाहिरिन नहुने धारणा राखेका छन् ।
माघ १३ गते नागरिकताको मुद्दामा अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री रहेका रवि लामिछानेले पद गुमाएका थिए । रास्वपाले गृहमन्त्री माग गरेको थियो ।