काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार छाड्ने सत्तारुढ दलका नेताहरुलाई जानकारी गराएका छन् ।
पार्टी केन्द्रीय समिति र सांसदीय दलको संयुक्त बैठक बस्नुअघि लामिछानेले सत्तारुढ दलका नेताहरुलाई यस्तो जानकारी गराएका हुन् ।
लामिछानेले आफ्नो पार्टी सरकारबाट आजै बाहिरिने भन्दै राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई पनि जानकारी गराएका छन् ।
अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफूलाई रविले फोन गरेको र सरकारबाट आजै बाहिरिने बताएको जानकारी गराएको बताइएको छ ।