आज विभिन्न स्थानमा वर्षा र हिमपात, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ३ : १९


काठमाडौँ । आज (शनिबार) काठमाडौँसहित विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। 

पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्ने मौसमविदले बताएका छन्। यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना छ भने अन्य केही स्थानको मौसम बदली हुने छ। 

आगामी ३ दिनसम्म वर्षा र हिमपातको सम्भावना नरहेपछि मौसममा सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हेर्नुहोस् ३ दिनको मौसम पूर्वानुमान 

माघ १८ गते (शनिबार)

दिउँसोः : देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १९ गते (आइतबार)

दिउँसोः पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २० गते (सोमबार)

दिउँसोः पुर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।


प्रतिक्रिया दिनुहोस्