नेप्सेमा २२ अंकको गिरावट, कारोबार २ अर्बमा सीमित

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ४ : ३२


काठमाडौं । बिहीबारको सेयर बजार २२.१२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार बिहीबार सेयर बजार घटेर २०९४.५४ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर घटेर बजार राताम्मे भएको दिन आज बीमा, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ५७ वटा कम्पनीका ५८ लाख ९८ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ६४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

यस्तै, आज सबैभन्दा बढी कमाउनेमा आदर्श लघुवित्तका लगानीकर्ता रहेको छन् भने सबैभन्दा बढी गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्