नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  २ : ५८


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको हो ।

चौधरी गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।

०६६ सालमा ट्याक्टरमा आगो लगाएको अभियोगमा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो ।

कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्कीतर्फ जाँदै गएको ट्याक्टरमा ०६६ भदौ ३ गते आगजनी गरिएको थियो । आगजनी गरेको कसूरमा उनीमाथि अदालतले ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन ।

यो बीचमा उनी सांसद बनेर आएपछि उनको फैसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो ।


प्रतिक्रिया दिनुहोस्