काठमाडौँ । आज काठमाडौँ र ललिपुरका विभिन्न स्थानमा दिनभर बत्ती जाने भएको छ।
चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएकोले बिहान ७ बजेदेखि गएको बत्ति अपरान्ह ४ बजे आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन जोडिएका ठाउँमा ९ घण्टा बत्ती जाने छ।
यस फिडरबाट विद्युत वितरण भएका स्थान बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंँगबु चोक, टोखा रोड हुँदै ग्राण्डी अस्पताल लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको छ।
यस्तै, ललितपुरका केही ठाउँमा पनि बिहानदेखि नै लोडसेडिङ हुने भएको छ। बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म लोडसेडिङ हुने भएको छ।
पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरण गरिएको ११ केभी लाइनमा सेक्सनलाइजर राख्ने तथा जम्परहरु मर्मत गर्नुपर्ने भएका कारण लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ।
पुल्चोक फिडरबाट वितरण भएका बल्खु, सानेपा साँचल, सानेपा चोक, प्रधानसेनापति निवास, झम्सीखेल चोक, सीजी कार्यालय क्षेत्रलगायतका ठाउँमा बत्ती जानेछ।