क्यानद्धारा क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ, अटाएनन् सन्दीप

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ३ : ४४


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका सदस्यहरुको वर्गीकरण गरेको छ । पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।

पुरुषतर्फ ग्रेड ‘ए’मा ५, ग्रेड बीमा ३ र ग्रेड सीमा १० जना रहेका छन् । क्यानको नयाँ ग्रेडिङमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई ‘बी’ ग्रेडमा झारिएको छ भने अर्का पूर्वकप्तान सन्दीप लामिछानेलाई समेटिएको छैन ।

क्यानले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गिकरण गरेको छ। पुरुषतर्फ ग्रेड ‘ए’मा ५, ग्रेड बीमा ३ र ग्रेड सीमा १० जना रहेका छन्। ग्रेड ए मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख छन्।

आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल ग्रेड ‘बी’मा छन्। ग्रेड ‘सी’मा रहेका खेलाडीमा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन्।

महिलातर्फ १२ जना खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने निर्णय गरिएको छ। ग्रेड ‘ए’ र ग्रेड ‘बी’मा ३र३ जना छन् भने ग्रेड सीमा ६ जना रहेका छन्।

ग्रेड ‘ए’मा रुविना क्षेत्री, सिता रानामगर र इन्दु बर्मा छन् भने ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन्। कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई ग्रेड ‘सी’मा राखिएको छ।


प्रतिक्रिया दिनुहोस्