१० वर्षदेखि फरार सूचीमा छन् कैलाली-२ का सांसद अरुण चौधरी

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ६ : ५४


कैलाली । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुण चौधरी प्रहरीको फरार सूचीमा रहेको खुलेको छ । ट्र्याक्टर आगाजनीको मुद्दामा दोषी ठहर भइ जेल सजाय नभोगेर उनी १० वर्षदेखि प्रहरीको फरार सूचीमा रहेको खुलेको हो ।

नागरिक उन्मुक्ति पार्टीबाट विजयी उनी २०६७ सालमै दोषी ठहर भएका थिए । उनी लगायत ३ जनालाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १९ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला सुनाएको थियो ।

स्थानीय महादेव बजगाईंको ट्र्याक्टरमा आगो लगाएको कसुरमा उनीलगायत ३ जना दोषी पाइएको जिल्ला अदालत कैलालीले ठहर गरेको छ।

उक्त घटनामा सांसद अरुणका साथै पर्शुराम चौधरी, अरुण र बिर बहादुर चौधरीलाई समेत अदालतले दोषी ठहर गरेको थियो। उनीहरुले ट्र्याक्टर चालक साजन चौधरीलाई कुटपिट गरेर पेट्रोल छर्केर आगो लगाएका थिए ।

यस्तो छ फैसला :


प्रतिक्रिया दिनुहोस्