कोरोनाभन्दा पनि खतरनाक भाइरसः अमेरिकामा मात्रै ८ हजारको मृत्यु, डेढ करोड संक्रमित

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  १ : २३


चीन । तिब्र रुपमा फैलिएको घातक कोरोना भाइरसका कारण यतिबेला चीनमा संकट पैदा भएको छ। कोरोना भाइरसका कारण मर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ। 

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म चीनमा २१३ बढीको मृत्यु भइसकेको छ भने १० हजार बढी संक्रमित छन्। भाइरसका कारण सडकमै पनि शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

चीनबाट फैलिएको कोरोना भाइरस यतिबेला अन्य देशमा पनि फैलिएको छ। यो  महामारी विश्वभरिफैलिँदै गएका कारण विश्व स्वास्थ्य संगठनले यसलाई आपतकाल घोषणा गरिसकेको छ।

कोरोना भाइरसले महामारीको रुप लिइरेहका बेला अमेरिकामा पनि यो सीजनमा अर्को भाइरसले ८ हजार २ सय जनाको ज्यान लिइसकेको छ। जसका कारण अमेरिकामा मात्रै १ करोड ५० लाख मानिस संक्रमित बनेका छन्। तर यो कुनै नयाँ महामारी भने होइन, जो पूरानै इन्फ्लुएन्जा भाइरस हो।

इन्फ्लुएन्जाका कारण सन् २०१९–२० दशककै सबैभन्दा खराब हुने  अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ एलर्जी एण्ड इन्फेक्सियर डिजिजेजको अनुमान छ।  

इन्फ्लुएन्जाका कारण १ लाख ४० हजार मानिसहरु अस्पताल भर्ना भइसकेका छ। अहिले जाडो मौसम फ्लुको मौसम भएको कारण यो संख्या अझै बढ्ने अनुमान गरिएको छ। 

यो फ्लू अमेरिकी जनजीवनमा लगातार देखिरहने भएका कारण यसलाई  कम खतरनाक मान्न नहुने चिकित्सले सुझाव दिएका छन्। 

टेम्पल युनिभर्सिटीको लेविज काट्ज स्कुल अफ मेडिसिनअन्तर्गत फेमिली एण्ड कम्युनिष्ट मेडिसिनका अध्यक्ष डा मार्गो सभोयका अनुसार भाइरसजन्य विरामीलाई चिसोको कारण विरामी भएको भन्दै वेवास्ता गर्दा मृत्युको मुखसम्म पुग्ने गरिएको पाइएको छ। 

द सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)का अनुसार प्रत्येक वर्ष करिब १२ हजार मानिसहरु अमेरिकामा मात्रै फ्लुका कारण मर्ने गरेका छन्। सन् २०१७–२०१८ को फ्लु सिजनमा मात्रै करिब ६१ हजार मानिसको मृत्यु भएको थियो भने ४ करोड ५० लाख मानिसहरु बिरामी भएका थिए। 

यो भाइरसबाट सन् २०१९–२०२० को सिजनमा मात्रै अहिलेसम्म १ करोड ५० लाख मानिसहरु संक्रमित भएका छन् र ८ हजार २ सय जनाको मृत्यु भइसकेको छ। जसमध्ये ५४ जना बालबालिका छन्।सीडीसीको रिपोर्टअनुसार, फ्लुको संक्रमण ११ हप्तामा बढेर गएको छ र यो अबका दिनसम्म जारी रहने देखिएको छ।


प्रतिक्रिया दिनुहोस्