भूकम्पको हल्लाले रातभर सडकमै जाग्राम, हल्ला फैलाउनेको खोजी जारी

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : ३५


जुम्ला । भूकम्प आउने हल्ला फैलिएपछि जुम्लाका स्थानीय रातभर चिसोमा जाग्राम बसेका छन् ।

जुम्ला सदरमुकामका केही स्थानीय भूकम्पको हल्ला फैलिएपछि आइतबार राति सडकमै आगो तापेर जाग्राम बसेका हुन् ।

कसैले भूकम्प आउँदैछ भन्ने हल्ला फैलाएका कारण स्थानीयले दुख पाएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए ।

उनले हल्ला फैलाउनेको खोजी भइरहेको र फेला परेमा कारबाही गरिने बताए।

यस्तै मुगुमा पनि यो हल्ला फैलिएका कारण केही स्थानीयहरु रातभर सडकमै आगो तापेर बसेका थिए ।


प्रतिक्रिया दिनुहोस्