गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : ०१


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ ।

रास्वपाको केन्द्रीय समिति बैठकले आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुनः आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी रहेको बताइएको छ ।

गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने रास्वपाको चेतावनी छ । यस्तै केन्द्रीय समिति बैठकले सभापतिमा रवि लामिछानेलाई पुनः चयन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्