अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १० : ४६


काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउने भएकी छिन् ।

नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्ड दुई दिन नेपालमा रहने कार्यतालिका रहेको छ ।

नेपालमा रहेको अमेरिकी राजदूतावासका अनुसार भ्रमणका क्रममा उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नेछिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग उनले राजनीतिक भेटवार्ता गर्नेछिन्।

अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत उनले अवलोकन गर्नेछिन् ।


प्रतिक्रिया दिनुहोस्