नागरिकता पुर्नप्राप्तिका लागि जिल्ला प्रशासन जाँदै रवि, केही घण्टामै नागरिकता पाउने

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : २४


काठमाडौं । अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् ।

नेपाली नागरिकताको प्रमाणपत्र पुर्नप्राप्तिमा लागि उनी बिहान १० बजेतिर बबरमहलस्थित प्रशासन कार्यालय काठमाडौं जाने बताइएको छ । सम्भवतः उनी आजै नागरिकता पाउने छन् ।

शुक्रबार सर्वोच्च अदालतले रविको नेपाली नागरिकता नभएको फैसला गरेपछि उनको सांसद पदसँगै सबै पद गुमेको थियो ।


प्रतिक्रिया दिनुहोस्