अनेरास्ववियुले जलायो शिक्षा मन्त्री खनालको पुत्ला

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १ : ०८


काठमाडौं । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।

शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियुले शिक्षा मन्त्रीको पुत्ला दहन गरेको हो।

शिक्षामन्त्रीले निजीलाई पोसेको, गरीब विद्यार्थीको खिलाफमा रहेको अनेरास्ववियूको आरोप छ ।

मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै विद्यार्थीहरूले राजीनामासमेत मागेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए।


प्रतिक्रिया दिनुहोस्