प्रियंका र आयुष्मानकाे बिहे फागुन १७ गते

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ३ : २८


काठमाडाैं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशी फागुन १७ गते विवाह गर्दै छन् । दुई पटक इन्गेजमेन्ट गरिसकेका उनीहरु अहिले बिवाहको तयारीमा छन् । पछिल्लो समय ‘आयांक’ फाउन्डेसन खोलेर समाजसेवामा लागेका यो जोडीले अन्तत यसै बर्ष बिवाह गर्ने निर्णय गरेका हुन् ।

केही दिन पहिले आफ्ना घनिष्ट साथीहरुसँग प्रियंकाले थाइल्याण्डमा ब्याचलर पार्टी मनाएपछि प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा चलेको थियो । उनीहरुले बिवाहको बिषयमा भने आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको छ । फिल्म ‘कथा काठमाण्डू’को छायाँकन सेटमा पहिलो पटक भेटेका यी दुबैको बिच प्रेम त्यही बेला भएको बताइएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्