सुनको मूल्य तोलामा ११ सयले घट्यो

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ११ : ३८


काठमाडौं । हिजो मूल्य बढेर अहिलेसम्मकै महँगो भएको सुन आज तोलामा ११ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्