कमिसनको खेलले ९ आयोजना अलपत्र

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ४४


काठमाडौं । भेरी नगरपालिका–१ स्थित रिम्ना लिफ्ट सिँचाइ आयोजना कागजी रूपमा ‘सम्पन्न’ भएको पाँच महिना पुग्यो । काम भने अधुरै छ । २५ लाख रुपैयाँ खर्चिएको यो आयोजना अलपत्र छ । तर, निर्माण सम्पन्न भएको भन्दै कृषि विकास कार्यालयले सम्पूर्ण रकम भुक्तानी दिइसकेको छ।

सोलारका पाता अलपत्र र तोडफोड गरिएका छन् । पाइप अपुग छ । ५ सय मिटर अनुमान गरिए पनि कार्यालयले तीन सय मिटर मात्रै दिएको छ।सिँचाइ पोखरीसम्म पाइप नपुगेकै कारण आयोजना सञ्चालनमा आउन नसकेको हो।सम्पूर्ण निर्माण सामग्री कार्यालय आफैंले खरिद गरेको थियो ।

भेरी–१३ बारेलास्थित इमिलेचौर लिफ्ट सिँचाइ योजना पनि अलपत्र छ । १५ लाख लागतको आयोजनाको पाइप र सोलार पाता यत्रतत्र छरिएका छन् । सोलार सिस्टम चल्दैन । यसका लागि पनि सम्पूर्ण निर्माण सामग्री कार्यालयले नै खरिद गरेको थियो।तर, स्टिमेटअनुसार पाइप पाएन।जसकारण हालसम्म नदीदेखि पोखरीसम्म पानी पुगेको छैन ।

भेरी–१२ को बिस्नेचौर लिफ्ट सिँचाइ आयोजना पनि अलपत्र छ । १० लाख लागतको आयोजनाले न स्टिमेटअनुसार पाइप पाएको छ न त पाइप र सोलारको संरक्षण नै गरिएको छ । ५ सय ८० मिटर पाइप स्टिमेट गरिएकामा ३ सय मिटर मात्र आएको छ ।


प्रतिक्रिया दिनुहोस्