काठमाडौं । गोरखा हाजिर हुन हिँडेका सीडीओको सरुवा रद्द भएको छ । गोरखा हाजिर हुन हिँडेका प्रशासन कार्यालय, सिराहाका प्रमुख लालबहादुर कवारीको सरुवा रद्द भएको हो ।
गृह मन्त्रालयले माघ ६ गते ४२ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने क्रममा कवारीको पनि सरुवा गरिएको थियो ।
सरुवा सूची अनुसार कवारी यतिबेला जिल्ला प्रशासन कार्यालय, गोरखामा हाजिर हुनु पर्ने थियो । तर, बुधबार एकाएक उनलाई गृह मन्त्रालय हाजिर हुन भनियो ।
त्यसपछि मात्र उनले थाहा पाए कि गोरखा सरुवा रद्द भएको छ । गोरखाबाट सरुवा भएका प्रजिअ आचार्य कपिलवस्तु पुगेर काम थालिसकेका छन् ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले तत्काललाई गोरखामा अर्को प्रजिअ पठाउने निर्णय भइनसकेको जानकारी दिए ।