आत्मदाह प्रकरण: आचार्यले उठाएका विषयमा छानबिन गर्न गृहले बनायो ६ सदस्यीय समिति

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ७ : ०२


काठमाडौं । गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे अध्ययन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बिहीबार गृहमन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहनेछन् ।

समितिले सामाजिक सञ्जालमा आचार्यले उठाएका सबै विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्नेछ । साथै सरकारले गर्नुपर्ने कामबारे पनि समितिले सुझाव दिनेछ ।


प्रतिक्रिया दिनुहोस्