बाबा रामदेवले भने – पाकिस्तान छिट्टै चार टुक्रामा बाँडिन्छ

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ५ : ००


एजेन्सी । योगगुरु बाबा रामदेवले पाकिस्तानका बारेमा विवादास्पद बयान दिएका छन् । बिहीवार देशको गणतन्त्र दिवसका अवसरमा बाबा रामदेवले पाकिस्तान छिट्टै नै चार टुक्रामा बाँडिने र सानो देश बन्ने बताएका हुन् ।

बलुचिस्तान, पाकिस्तानअधीस्थ कश्मीर (पीओके) र पञ्जाब बेग्लै राज्य अनि पाकिस्तान छुट्टै राज्य बन्ने उनले दाबी गरे ।

रामदेवले पीओके भारतमा विलय हुने अनि बलुचिस्तानले पनि आफैं भारतसँग मिसिन निवेदन दिने पनि बताए । त्यसबाहेक पनि बाबा रामदेवले अन्य टिप्पणी गरेका छन् ।

हिन्दू सनातन धर्मलाई अपमान गर्ने गरी धार्मिक आतंकवाद चलिरहेको उनको भनाइ छ । धर्मशास्त्र तथा महापुरुषहरूको चरित्रमा लाञ्छना लगाउनेहरू भारतविरोधी तथा अन्तर्राष्ट्रिय शक्तिको कठपुतली भएको उनको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्