नयाँ दिल्ली । चर्चित निर्भया बलात्कार–हत्याकाण्डका चार दोषीहरू भोलि शनिबार बिहान ६ बजे दिइने भनिएको फाँसी रोकिएको छ ।
भारतीय अदालतले अर्को आदेशसम्मका लागि फाँसी नदिन आदेश दिएको हो।
भारतको दिल्लीस्थित तिहाड जेलमा कैद रहेका उनीहरुलाई भोलि बिहान ६ बजे झुण्ड्याउन तयार गरिएको थियो । उनीहरुलाई फाँसी दिने जल्लाद पनि जेलमा आइसकेका थिए।
तर, दिल्लीस्थित पटियला हाउस अदालतको यस्तो आदेश आएको हो। यसअघि अदालतले पवन, मुकेश, अक्षय र विनय नामका चार दोषीलाई अदालतले फेब्रुअरी १ मा झुण्ड्याउने आदेश दिएको थियो।
एक दोषीको बिन्तीपत्रबारे निर्णय हुन बाँकी रहेको अवस्थामा अन्यलाई फाँसी दिन नमिल्ने भन्दै उनीहरुको वकिलले रिट दायर गरेका थिए। अन्य ३ जनाको बिन्तीपत्र भने राष्ट्रपतिबाट अस्वीकार भइसकेको छ ।
सन् २०१२ मा मेडिकल कलेजकी छात्रा निर्भयाको सामुहिक बलात्कार तथा हत्या भएकोको थियो। शुक्रबारको अदालतको फैसलाले निर्भयाकी आमा आशा देवीलाई भने गम्भीर बनायो।
अपराधिका वकिलले फाँसी रोकेर देखाइ दिने धम्की दिएको उनले पत्रकारहरुसमक्ष बताइन्।
A Delhi court's observation on the 2012 Delhi gang-rape case: The Courts of this country cannot afford to adversely discriminate any convict, including death row convict, in pursuit of his legal remedies, by turning a Nelson's eye towards him. https://t.co/3E7hPT6bnF
— ANI (@ANI) January 31, 2020
Asha Devi, mother of the 2012 Delhi gang-rape victim: The lawyer of the convicts, AP Singh has challenged me saying that the convicts will never be executed. I will continue my fight. The government will have to execute the convicts. pic.twitter.com/NqihzqisQo
— ANI (@ANI) January 31, 2020