यातायात कार्यालय धनकुटाका प्रमुखलाई दलियो मोसो

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ३०


धनकुटा । यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई कालोमोसो दलिएको छ ।

नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै पसेर मोसो दलि दुर्व्यवहार गरेका हुन् ।

आफूले भनेको मान्छेको सवारी लाइसेन्समा नाम ननिकालिदिएको आरोपमा लुइँटेललाई मोसो दलिएको बताइएको छ ।

कार्यकक्षमा बसिरहेका वेला आएका नेकपा बहुमतका कार्यकर्ताले लुकाएर ल्याएको मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ।

मोसो दलेर दुर्व्यवहार भएको सूचना पाएपछि पुगेको प्रहरीले आरोपीलाई फेला नपारेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्