रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १२ : १९


बुटवल । रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परि मृत्यु हुनेमा सुदीप चौधरी र नवीन चौधरी रहेका छन् । 

लु ४२ प ७०९६ र लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल र लु २४ प ७४७२ नम्बरको स्कुटर एकआपसमा ठोक्‍किँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

अर्का एक युवक गम्भीर घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस्