गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा,अर्को सुनुवाइ शुक्रबार

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : ३०


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

संवैधानिक पूर्ण इजालसमा आज भएको सनुवाइ नसकेकाले हेर्दाहेर्दैमा राखिएको हो ।अब सुनुवाइ शुक्रबार हुनेछ ।

आज कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भएको थियो । लामिछानेको तर्फबाट बुधबार ३ जनाले बहस गरेका छन् ।

अधिवक्ताहरु वरिष्ठ अधिवक्ताहरु सुनिल पोखरेल र सुशील पन्तसहित सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले लामिछानेको पक्षमा बहस गरेका हुन् ।

यसअघि निवेदकको तर्फबाट ५ जना अधिवक्ताले बहस गरेका थिए ।

जसमा अधिवक्ताहरु रविराज बसौला, रमन कर्ण, डा सुरेन्द्र भण्डारी, अमृत खरेल, नीतिका ढुंगाना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्